संघिय खरिदार - प्रथम पत्र (आधारभुत कार्यालय सीप परीक्षण - BOST) Thumbnail

संघिय खरिदार - प्रथम पत्र (आधारभुत कार्यालय सीप परीक्षण - BOST)

2,000.00

Valid for 60 days

Instructors: Janak Singh Karki

Choose Your Plan
Plan Price Details Access Pay Now
2 Months Validity

2,000.00

2,000.00

60 days

6 Months Validity

3,000.00

3,000.00

182 days

1 Year Validity

5,000.00

5,000.00

365 days

Last modified: 12/01/2025

Description

लोक सेवा आयोग अप्राविधिक तर्फका न्याय, प्रशासन, लेखापरीक्षण र संसद सेवा, राजपत्र अंनकित द्वितीय श्रेणी, खरिदार वा सो सरह पदको खुला प्रतियोगितात्मक परीक्षाको पाठ्यक्रम

प्रथम पत्र

खण्ड (B): आधारभुत कार्यालय सीप परीक्षण (Basic Office Skills Test- BOST)

आधारभुत कार्यालय सीप परीक्षण (BOST) अन्तर्गत  देहायका परीक्षणहरु रहेका छन:

  1. रुजु गर्ने (Verification test): यस परीक्षणमा तथ्यांक, संख्या वा शाब्दिक सूचनालाई जाँच गर्ने वा त्रुटी पत्ता लगाउने अथवा समानता वा भिन्नता पत्ता लगाउने किसिमका प्रश्नहरू समावेश हुनेछन ।
  2. खाली स्थान वा क्रम पुरा गर्ने (Completion): यस परीक्षणमा शाब्दिक वा संख्यात्मक वा अशाब्दिक (चित्रात्मक) विवरणको तार्किक रुपमा खाली स्थान, क्रम, ढाँचा वा मेट्रिक्स पुरा गरी समाधान गर्ने किसिमका प्रश्नहरू समावेश हुनेछन ।
  3. वर्गीकरण गर्ने (Classification): यस परीक्षणमा शाब्दिक वा संख्यात्मक वा अशाब्दिक (चित्रात्मक) विवरणको तार्किक रुपमा वगीकरण गर्ने वा भिन्नता पत्ता लगाउने किसिमका प्रश्नहरू समावेश हुनेछन ।
  4. सम्बन्ध परीक्षण (Analogy): यस परीक्षणमा शाब्दिक वा संख्यात्मक वा अशाब्दिक (चित्रात्मक) विवरणको तार्किक रुपमा सम्वन्ध पत्ता लगाउने किसिमका प्रश्नहरू समावेश हुनेछन ।
  5. फाइलिङ अभिरुचि परीक्षण (Filing aptitude test): यस परीक्षणमा शाब्दिक र संख्यात्मक फाइलिङ वस्तु वा प्रक्रियालाई वर्णमालाक्रम, संख्यात्मकक्रम वा कालक्रम अनुसार समाधान गर्ने किसिमका प्रश्नहरू समावेश हुनेछन।
  6. निर्देशन अनुसरण गर्ने (Follows the instructions): यस परीक्षणमा दिइएको लिखित निर्देशनलाई हुबहु अनुसरण गरी समाधान गर्ने किसिमका प्रश्नहरू समावेश हुनेछन ।
  7. संख्यात्मक चार्तुयता परीक्षण (Numerical reasoning test): यस परीक्षणमा सामान्य अंकगणितीय क्रिया सम्बन्धी प्रश्नहरू समावेश हुनेछन ।
  8. कोडिङ र भिडान परीक्षण (Coding & Matching test): यस परीक्षणमा शाब्दिक वा संख्यात्मक विवरणको कोडिङ र भिडान सम्वन्धी प्रश्नहरू समावेश हुनेछन
  9. विश्लेषणात्मक तार्किकता परीक्षण (Analytical reasoning test): यस परीक्षणमा शाब्दिक वा संख्यात्मक वा अशाब्दिक (चित्रात्मक) किसिमका विश्लेषणात्मक तार्किकता सम्बन्धी प्रश्नहरू समावेश हुनेछन ।
  10. दिशा र दुरी ज्ञान परीक्षण (Direction & Distance sense test): यस परीक्षणमा दिशा र दुरी पत्ता लगाउने किसिमका प्रश्नहरू समावेश हुनेछन ।

द्रष्टव्य :- यस पत्रमा सामान्य ज्ञान र आधारभुत कार्यालय सीप परीक्षण विषयका पाठ्यक्रमका एकाईहरुवाट सोधिने प्रश्नहरूको संख्या निम्नानुसार हुनेछ। सामान्य ज्ञानमा यथासम्भव क्रमशः Level I का 60 प्रतिशत र Level II का 40 प्रतिशत प्रश्नहरू सोधिनेछन।

 

प्रथमपत्र

 

सामान्य ज्ञान

आधारभुत कार्यालय सीप परीक्षण

अङ्कभार

60

40

इकाई

1

2

3

4

5

प्रत्येक इकाइबाट समान 2/2 वटा गरी 20 प्रश्नहरू सोधिनेछन

प्रश्न संख्या

6

6

6

6

6

जम्मा प्रश्न

(Level I = 18 Level II = 12) जम्मा ‍= 30

जम्मा ‍ = 20


आधिकारिक पूर्ण पाठ्यक्रम download गर्न Click Here मा थिच्नुहोस।


Course Content
रुजु गर्ने (Verification test)
1h 0m

यस Verification test Chapter मा तथ्यांक, संख्या वा शाब्दिक सूचनालाई जाँच गर्ने वा त्रुटी पत्ता लगाउने अथवा समानता वा भिन्नता पत्ता लगाउने किसिमका प्रश्नहरू समावेश हुनेछन ।

1.1 समानता परीक्षण (Similarity Test)

समानता परीक्षणलाई समान कोड परीक्षण (Identical Code Test) पनि भनिन्छ। यसले उम्मेदवारको दिइएको चित्र, अक्षर, अंक समूह वा कोडसँग ठ्याक्कै मिल्ने विकल्पलाई छिटो र सही रूपमा पत्ता लगाउने क्षमताको मूल्याङ्कन गर्छ।

यसको परीक्षणको मुख्य उद्देश्य भनेको मौलिक वस्तुसँग पूरै उस्तै भएको विकल्प पहिचान गर्नु हो। यसमा आकार, साइज, दिशा, क्रम, वा विशिष्ट अवयवहरूमा भएका सूक्ष्म भिन्नताहरूलाई ध्यानपूर्वक जाँच गरिन्छ। यो परीक्षणले मुख्य रूपमा प्रत्यक्षगत गति (perceptual speed)सटीकता (accuracy), साथै विवरणमा ध्यान (attention to detail) लाई मापन गर्छ। यो प्रायः दृश्य भेदभाव क्षमता (visual discrimination skills) को मूल्याङ्कन गर्न प्रयोग गरिन्छ।

1.2 त्रुटी जाँच (Error Checking)

त्रुटी जाँच (Error Checking) कुनै पनि आधारभूत अफिस कौशल परीक्षण (Basic Office Skill Test) मा अत्यन्त महत्त्वपूर्ण मानिन्छ। यो परीक्षणको मुख्य उद्देश्य भनेको उम्मेदवारले दिइएको दुई वा बढी डेटा समूह (data sets), लिखित पाठ, वा कोडहरू बीचको भिन्नता र अशुद्धिहरू (mistakes) लाई कति छिटो र सही रूपमा पत्ता लगाउन सक्छन् भन्ने कुराको मूल्याङ्कन गर्नु हो।

यो कौशलले उम्मेदवारको उच्च स्तरको विवरणमा ध्यान (high level of attention to detail), सटीकता (accuracy), र तुलना गर्ने कौशल (comparison skills) लाई मापन गर्दछ। प्रशासनिक तथा डाटा-सम्बन्धित कार्यहरूमा, जस्तै वित्तीय रिपोर्ट, ग्राहक सूची, वा कानुनी कागजातहरूमा डेटा प्रविष्टि (data entry) गर्दा, सानो गल्तीले पनि ठूलो समस्या निम्त्याउन सक्छ। त्यसैले, अफिसको कार्य वातावरणमा त्रुटिहीन परिणाम सुनिश्चित गर्न यो क्षमता अपरिहार्य छ।

खाली स्थान वा क्रम पुरा गर्ने (Completion)
5h 30m

यस Completion chapter मा शाब्दिक वा संख्यात्मक वा अशाब्दिक (चित्रात्मक) विवरणको तार्किक रुपमा खाली स्थान, क्रम, ढाँचा वा मेट्रिक्स पुरा गरी समाधान गर्ने किसिमका प्रश्नहरू समावेश हुनेछन । 

2.1 Alphabet Series

अक्षर शृङ्खला (Alphabet Series) मौखिक र गैर-मौखिक तार्किक परीक्षणहरूमा सामान्य रूपमा सोधिने एक विषय हो। यसमा दिइएको अक्षरहरू वा अक्षर र संख्याहरूको संयोजन को क्रम (sequence) लाई विश्लेषण गरी तिनीहरूलाई जोड्ने अन्तर्निहित ढाँचा (pattern) वा नियम पत्ता लगाउने कार्य गरिन्छ।

ढाँचा(Pattern) निम्न धेरै कारकहरूमा आधारित हुन सक्छ:

  • स्थानिक मान (Positional value): वर्णमालाको क्रम (जस्तै: A=1, B=2, आदि)।
  • क्रमिक अन्तर (Sequential gap): लगातारका अक्षरहरू बीचको स्थितिमा निश्चित वा परिवर्तनशील भिन्नता (जस्तै: हरेक पटक २ अक्षर छोड्नु)।
  • उल्टो क्रम (Reversal): शृङ्खलालाई उल्टो वर्णमालाको क्रममा पछ्याउनु।
  • सञ्चालनको संयोजन (Combination of operations): अक्षर र संख्या दुवै समावेश गर्नु (जस्तै: A2, C4, E6, ...)।
  • पूर्व परिभाषित श्रृङ्खला (Predefined Series) : पूर्वनिर्धारित शृङ्खला वा क्रमहरूको पहिलो अक्षरहरू लिएर परिभाषित गरिएका शृङ्खलाहरू, उदाहरणका लागि: S, M, T, W, T, F, ? (यो हप्ताका बारहरुको नाम हो)
  • शब्द निर्माण (Word Formation) : दिइएको अक्षरहरूको क्रमबाट alternate अक्षरहरू लिएर दुईवटा शब्दहरू बनाउने
  • अन्य श्रेणीहरु जस्तै ः Continuous pattern series, Repeated pattern series, Term series, etc.


यस परीक्षणको मुख्य लक्ष्य पत्ता लागेको ढाँचा प्रयोग गरेर शृङ्खलाको हराएको पद (missing term) वा अर्को पद (next term) खोज्नु हो। यसले उम्मेदवारको तार्किक निष्कर्ष (logical deduction) र विश्लेषणात्मक कौशल (analytical skills) को मूल्याङ्कन गर्छ।

2.2 Number Series

Number Series तर्कशक्ति परीक्षणको एक महत्त्वपूर्ण खण्ड हो। यसमा सङ्ख्याहरूको एउटा क्रम (sequence) दिइएको हुन्छ, जसले कुनै निश्चित नियम वा ढाँचा (pattern) पालना गरिरहेको हुन्छ। तपाईंको काम भनेको त्यो pattern पत्ता लगाई शृङ्खलामा छुटेको सङ्ख्या वा गलत सङ्ख्या पहिचान गर्नु हो।

Pattern हरू प्रायः जोड, घटाउ, गुणा, भाग, वर्ग, घन वा यी सबैको संयोजनमा आधारित हुन्छन्। कहिलेकाहीँ एउटै शृङ्खलामा दुई वा तीन वटा फरक-फरक उप-शृङ्खला (double or triple series) पनि लुकेका हुन सक्छन्।

यो खण्डले तपाईंको संख्यासंग सम्बन्धित विश्लेषणात्मक क्षमता र तार्किक सोच कत्तिको छ भनेर जाँच्छ।


2.3 Alpha-Numeric Series

Alpha-Numeric Series तर्कशक्ति परीक्षणको एक महत्त्वपूर्ण अंश हो जसमा Number र Letter हरुको संयोजनबाट बनेको term हरूको क्रम दिइएको हुन्छ। यस प्रकारका प्रश्नहरूमा कुनै निश्चित नियम वा pattern लुकेको हुन्छ, जसलाई पत्ता लगाई खाली स्थानमा आउने संख्या खोज्नु पर्ने हुन्छ। यस्ता Series समाधान गर्न, तपाईंले अक्षरहरूको खण्ड र अङ्कहरूको खण्डलाई छुट्टाछुट्टै विश्लेषण गर्नुपर्ने हुन सक्छ। Letters बाट Alphabet series अनुसार र Numbers बाट number series अनुसार समाधान गर्नु पर्ने हुन सक्छ। कहिलेकाहीँ दुवै series का नियमहरू अन्तरसम्बन्धित पनि हुन सक्छन्। दुवै ढाँचालाई सफलतापूर्वक पहिचान गरेर तिनीहरूलाई संयोजन गरेपछि मात्र उक्त series मा छुटिरहेको अर्को सही पद पत्ता लगाउन सकिन्छ। यो topic ले परीक्षार्थीको तार्किक र विश्लेषणात्मक क्षमताको मापन गर्दछ।

2.4 Number Matrix

Number Matrix तार्किक तर्कशक्ति (Logical Reasoning) खण्डको एक महत्त्वपूर्ण भाग हो। यसमा संख्याहरूलाई Rows र Columns मा व्यवस्थित गरी आयताकार वा वर्गाकार ढाँचामा राखिएको हुन्छ। यस प्रकारका प्रश्नहरूको मुख्य उद्देश्य म्याट्रिक्समा रहेका संख्याहरू बीचको तार्किक सम्बन्ध (Logical Relationship) वा ढाँचा (Pattern) पत्ता लगाउनु हो। प्रायः म्याट्रिक्सको कुनै एक स्थानमा प्रश्न चिन्ह (?) राखिएको हुन्छ, जसको मान पत्ता लगाउनुपर्ने हुन्छ।

यस्ता प्रश्नहरूले विश्लेषणात्मक सोच, ढाँचा पहिचान गर्ने क्षमता र तर्कसंगत विचारशक्ति विकास गर्न मद्दत गर्छन्। यिनलाई सही समाधान गर्न, सबै पङ्क्ति वा स्तम्भमा एउटै नियम लागू हुन्छ कि हुँदैन भन्ने सावधानीपूर्वक अवलोकन गर्नुपर्छ, र हराएको मान निकाल्नुअघि पत्ता लगाइएका ढाँचाको स्थिरता (consistency) पनि पुष्टि गर्न आवश्यक हुन्छ।

These questions help develop analytical thinking, pattern recognition skills, and logical reasoning. To solve them correctly, one must carefully observe whether the same rule applies to all rows or columns and verify the consistency of the discovered pattern before concluding the missing value.

2.5 Figure Series

Figure Series चाँहि Non-verbal Reasoning अन्तर्गत पर्ने एक महत्त्वपूर्ण खण्ड हो। यसमा, एकपछि अर्को गरी आकृतिको क्रम (sequence) प्रस्तुत गरिएको हुन्छ र परीक्षार्थीले त्यो क्रमलाई निरन्तरता दिने अर्को आकृति कुन हो भनी पहिचान गर्नुपर्छ। यस प्रकारका प्रश्नहरूले तपाईंको दृश्य विश्लेषण र तार्किक अनुमान गर्ने क्षमताको परीक्षण गर्छन्।

यसलाई समाधान गर्न, तपाईंले श्रेणीमा दिइएका आकृतिहरूमा भइरहेका परिवर्तनहरूलाई ध्यानपूर्वक अवलोकन गर्नुपर्छ। मुख्य रूपमा निम्न कुराहरूमा परिवर्तन भएको हुन सक्छ।

  1. घुमाव (Rotation): आकृतिहरू घडीको सुईको दिशामा वा विपरीत दिशामा कति कति डिग्री (45°, 90°, आदि) मा घुमिरहेका हुन सक्छन्।
  2. चाल (Movement): आकृति भित्रका चिह्न वा आकृतिहरू (जस्तै: थोप्ला, रेखाहरू) नियमित चरणहरूमा एक स्थानबाट अर्को स्थानमा के कसरी सर्दै छन्।
  3. चिह्न वा आकृतिहरूको सङ्ख्या: रेखा, भुजा वा भित्री आकृतिहरूको सङ्ख्या नियमित रूपमा बढ्दै वा घट्दै गएको हुन सक्छन।
  4. छायाँ/परिवर्तन (Shading/Change): आकृतिको कुनै भागको रङ्ग वा छायाँ (Shading) परिवर्तन भईरहेको वा एकपछि अर्को गरी अदलबदल भईरहेको हुन सक्छन।

पहिलो आकृतिबाट दोस्रो, दोस्रोबाट तेस्रो आकृतिमा जाँदा लागू भएको नियम वा ढाँचा पत्ता लगाएपछि, सोही नियमलाई अन्तिम आकृतिमा प्रयोग गरेर श्रेणीको पाँचौं वा छुटिरहेको सही आकृति पहिचान गर्न सकिन्छ।

2.6 Pattern Completion or Figure Matrix

Pattern Completion र Figure Matrix पनि Non-Verbal Reasoning को एक महत्त्वपूर्ण अंशहरु हो। यसमा, तपाईलाई 3x3 वा 2x2 को आयताकार म्याट्रिक्स (Rectangular Matrix) मा व्यवस्थित गरिएका आकृतिको एउटा समूह दिइएको हुन सक्छ। Matrix को एउटा कोठा (Part) खाली छोडिएको हुन्छ, प्रायः तल-दायाँ कुनामा। तपाईको काम भने दिइएका चार वा पाँचवटा विकल्पहरूबाट त्यो खाली ठाउँमा ठ्याक्कै मिल्ने आकृति कुन हो भनेर पत्ता लगाउनु हो।

समस्या समाधान गर्न, तपाईंले म्याट्रिक्सका ज्ञात आकृतिहरू बीचको तार्किक सम्बन्ध पत्ता लगाउनुपर्छ। सम्बन्ध प्रायः Row-wise वा Column-wise मध्ये कुनै एक नियममा आधारित हुन्छ।

प्रायः प्रयोग हुने Rule हरु निम्नानुसार छन।

  1. Combination
  2. Elimination
  3. Take Common only
  4. Take remaining and Eliminate common
  5. Progression (Concept of Sequence or series)
  6. Similar Elements in column or row

सही आकृति पहिचान गर्न, तपाईले matrix मा तेर्सो वा ठाडो वा दुवैतर्फ लागू हुने एउटै नियम पत्ता लगाउनुपर्छ र सोही नियम अनुसार खाली ठाउँ भएको कोठा भर्ने प्रयास गर्नुपर्छ।

वर्गीकरण गर्ने (Classification)
1h 50m

यस Classification Chapter मा शाब्दिक वा संख्यात्मक वा अशाब्दिक (चित्रात्मक) विवरणको तार्किक रुपमा वगीकरण गर्ने वा भिन्नता पत्ता लगाउने किसिमका प्रश्नहरू समावेश हुनेछन । 

3.1 Word Classification

Word Classification तर्कशक्ति परीक्षणको एक महत्त्वपूर्ण आधार हो। यसमा, तपाईलाई चार वा पाँचवटा शब्दहरूको समूह दिइएको हुन्छ। तीमध्ये एउटा शब्दबाहेक, सबै शब्दहरू कुनै न कुनै निश्चित गुण, समूह, वा तार्किक आधारमा एकआपसमा सम्बन्धित हुन्छन्। तपाईंको काम भनेको त्यो समूहमा नमिलेको वा फरक शब्द कुन हो भनी पहिचान गर्नु हो।

शब्दहरूलाई विभिन्न तार्किक सम्बन्धका आधारमा वर्गीकरण गरिएको हुन सक्छ:

  • सामान्य ज्ञान (General Knowledge): जस्तै, देश, राजधानी, मुद्रा, नदी, वा पर्वतहरू।
  • पेशा/उपकरण (Profession/Tools): जस्तै, डाक्टर र हतियार।
  • समूह/श्रेणी (Group/Category): जस्तै, सबै फलफूल छन्, तर एउटा तरकारी हो।
  • विशेषता/गुण (Characteristic/Property): जस्तै, सबै धातुहरू (Metals) छन्, तर एउटा अधातु (Non-metal) हो।
  • क्रिया/कारण (Action/Cause-Effect): शब्दहरू क्रिया र त्यसको परिणाममा आधारित हुन सक्छन्।

यो खण्डले तपाईंको सामान्य चेतना, शब्द भण्डार (Vocabulary), र विश्लेषणात्मक तर्कशक्ति को मापन गर्दछ। अभ्यासले तपाईंलाई छिटो र सही रूपमा शब्दहरूको सम्बन्ध र समूहको ढाँचा बुझ्न मद्दत गर्छ।

3.2 Letter or Number Classification

Letter or Number Classification परीक्षण अन्तर्गत, दिइएका चार वा पाँच विकल्पहरु मध्ये एउटा बाहेक सबैले कुनै निश्चित साझा नियम वा ढाँचा पालना गर्छन्। तपाईँले त्यो समूहमा नमिलेको (Odd One Out) विकल्प पत्ता लगाउनुपर्ने हुन्छ।

Letter Classification may be based on:

  • स्थानगत मान (Positional Value): योग, फरक, Arrangement patterns 
  • स्वर र व्यञ्जन (Vowels and Consonants)
  • अक्षरहरूको प्रकृति (Structure of letters)

Number Classification may be based on:

  • Even / Odd Numbers
  • Prime / Composite Numbers
  • Square numbers
  • Cube numbers
  • Sum of Digits
  • Divisibility rules

समाधानको लागि, तपाईंले अक्षरहरूको क्रम सङ्ख्या र अङ्कहरूको गणितीय गुणहरू प्रयोग गरी हरेक विकल्पलाई विश्लेषण गर्न सक्नुपर्छ।

3.3 Figure Classification

Figure Classification (आकृति वर्गीकरण), Non-Verbal Reasoning अन्तर्गत पर्ने एक खण्ड हो। यसमा, तपाईँलाई चार वा पाँचवटा आकृतिहरू दिइएको हुन्छ। तीमध्ये एउटा आकृतिबाहेक सबै आकृतिहरू कुनै न कुनै निश्चित गुण, नियम, वा ढाँचा मा एकआपसमा समान (Similar) हुन्छन्। तपाईंको मुख्य काम भनेको अन्य आकृतिहरूसँग नमिलेको वा फरक (Odd One Out) आकृतिलाई पहिचान गर्नु हो।

आकृतिहरूलाई निम्न तार्किक आधारमा वर्गीकरण गरिएको हुन सक्छ:

  • रेखा वा चिन्हहरूको सङ्ख्या (Number of Lines or Symbols)
  • घमाई (Rotation)
  • आन्तरिक-बाह्य सम्बन्ध (Internal-External Relation)
  • समरूपता (Symmetry)
  • छायाँ वा थोप्लाको स्थान (Shading/Dot Placement)
  • आकृतिमा भएका चिन्हहरुको क्रम वा स्थान (Position or Arrangements of Symbols on Figures)

यो खण्डले तपाईंको दृश्य अवलोकन (Visual Observation), विश्लेषणात्मक क्षमता, र आकृतिको गुणहरू बुझ्ने सीपको मापन गर्दछ।

सम्बन्ध परीक्षण (Analogy
2h 20m

यस Analogy परीक्षण अन्तर्गत शाब्दिक वा संख्यात्मक वा अशाब्दिक (चित्रात्मक) विवरणको तार्किक रुपमा सम्वन्ध पत्ता लगाउने किसिमका प्रश्नहरू समावेश हुनेछन ।

4.1 Word Analogy

प्रतिस्पर्धात्मक परीक्षाहरूमा 'Word Analogy' (शब्द समरूपता) मौखिक तर्क (Verbal Reasoning) को एक अत्यन्त महत्त्वपूर्ण खण्ड हो। यसले परीक्षार्थीको शब्द भण्डार र तार्किक क्षमताको परीक्षण गर्दछ।यस प्रकारका प्रश्नहरूमा, पहिलो दुई शब्दहरू बीच एउटा खास सम्बन्ध हुन्छ। परीक्षार्थीले त्यही नियम वा तर्क प्रयोग गरी तेस्रो शब्दसँग मेल खाने चौथो शब्द विकल्पहरूबाट छान्नुपर्छ।

प्रमुख सम्बन्धहरू (Key Relationships):

  • पर्यायवाची वा विपरितार्थक शब्द: (जस्तै: असल : खराब :: दिन : रात)
  • देश र राजधानी/मुद्रा: (जस्तै: नेपाल : काठमाडौँ :: जापान : टोकियो)
  • कामदार र औजार: (जस्तै: लेखक : कलम :: सिकर्मी : आरा)
  • एकाइ र मापन: (जस्तै: लम्बाइ : मिटर :: समय : सेकेन्ड)

यस खण्डमा राम्रो नतिजा ल्याउनको लागि शब्दहरूको अर्थ बुझ्नु र सामान्य ज्ञान (General Knowledge) बलियो बनाउनु आवश्यक छ। शब्दहरू बीचको सुक्ष्म सम्बन्ध (Micro-relationship) पहिचान गर्न निरन्तर अभ्यासले मात्र मद्दत गर्दछ।

4.2 Letter and Number Analogy

अक्षर र संख्या समरूपता (Letter and Number Analogy) लोक सेवा, बैंकिङ, र सुरक्षा निकायका साथै अन्य विभिन्न प्रतिस्पर्धात्मक परीक्षाहरूका लागि यो एक महत्त्वपूर्ण खण्ड हो। 'Analogy' को अर्थ समानता वा एकरूपता हो। यसमा दिइएको पहिलो जोडी (Pair) बीचको तर्क वा नियम पत्ता लगाएर, सोही नियम अर्को जोडीमा लागू गर्नुपर्छ।

  • Letter Analogy मा वर्णमाला (Alphabet) का अक्षरहरू बीचको सम्बन्ध हेरिन्छ।

नियमहरू: अक्षरको स्थान (Position value: A=1, B=2...), उल्टो क्रम (Reverse order), वा निश्चित अन्तराल (Gap), आदि।

उदाहरण: A : C :: M : ?              (यहाँ A र C को बीचमा +२ को फरक छ, त्यसैले M मा +२ गर्दा O हुन्छ।)

  • Number Analogy मा संख्याहरू बीचको गणितीय सम्बन्ध हेरिन्छ।

नियमहरू: वर्ग (Square), घन (Cube), जोड, घटाउ, गुणन, वा अभाज्य संख्या (Prime numbers) आदि हुन सक्छन्।

उदाहरण: 5 : 25 :: 6 : ?        (5 को वर्ग 25 हो, तसर्थ 6 को वर्ग 36 हुन्छ।)

यस्ता प्रश्नहरु परीक्षामा छिटो हल गर्नका लागि A देखि Z सम्मको संख्यात्मक मान (जस्तै: E=5, J=10, O=15...) र कम्तीमा 1 देखि 20 सम्मका वर्ग (Squares) र कम्तीमा 1 देखि 12 सम्मका घन (Cubes) कण्ठस्थ पार्नु आवश्यक छ।

4.3 Common Property

Reasoning) अन्तर्गत Common Property को यो खण्डलाई समूह समरूपता (Set Analogy) वा समूहमा आधारित सम्बन्ध पनि भनिन्छ।

यसमा, दिएको समूह र वैकल्पिक समूहहरूमा २ वा ३ तत्वहरू समावेश हुन्छन्। तपाईले सर्वप्रथम दिएको नमूना समूह भित्रका तत्वहरूबीचको विशिष्ट आन्तरिक नियम वा सम्बन्ध (Internal Rule) पत्ता लगाउनुपर्छ। पत्ता लागेको सोही नियम वैकल्पिक सेटहरूमा लागू गर्नुपर्छ र जसले उक्त नियम पूर्ण रूपमा पालना गर्छ, त्यही नै सही उत्तर हुन्छ।

यो प्रकारका प्रश्नहरूले दिइएको समूहभित्रको जटिल तार्किक ढाँचा (Complex Logical Pattern) विश्लेषण गर्ने तपाईंको क्षमताको परीक्षण गर्दछ।

4.4 Figure Analogy

प्रतिस्पर्धात्मक परीक्षामा Non-Verbal Reasoning अन्तर्गत Figure Analogy एक महत्वपूर्ण खण्ड हो। यसमा उम्मेदवारको चित्रहरूबीचको सम्बन्ध पहिचान गर्ने र दृश्य विश्लेषण (Visual Analysis) गर्ने क्षमताको परीक्षण गरिन्छ। पहिलो र दोस्रो चित्र बीच एक निश्चित सम्बन्ध हुन्छ। उक्त सम्बन्ध पत्ता लगाई सोही किसिमको सम्बन्ध तेस्रो र चौथो चित्र (प्रश्न चिन्ह लाई प्रतिस्थापन गर्ने चित्र वा खाली स्थानमा हुनु पर्ने चित्र) बिच स्थापित गर्नु पर्ने हुन्छ।

Relation commonly based on 

  • Rotation
  • Size/Shape Change
  • Mirror/Water Image
  • Addition/Removal of Elements
  • Interchanging Position
  • Movements of Elements
  • Position
  • Colour
  • Counting

दिएको पहिलो जोडी (Pair) को सम्बन्ध पत्ता लगाई सोही नियम तेस्रो आकृतिमा लागू गरेर सही उत्तर छान्नु नै 'Figure Analogy' हल गर्ने तरिका हो।

फाइलिङ अभिरुचि परीक्षण (Filing aptitude test)
1h 22m

यस Filing aptitude परीक्षण अन्तर्गत शाब्दिक र संख्यात्मक फाइलिङ वस्तु वा प्रक्रियालाई वर्णमालाक्रम, संख्यात्मकक्रम वा कालक्रम अनुसार समाधान गर्ने किसिमका प्रश्नहरू समावेश हुनेछन। 

5.1 Alphabetical Order of Words

तार्किक योग्यता Reasoning अन्तर्गत Alphabetical Order of Words खण्डले तपाईंको अंग्रेजी तथा नेपाली शब्दकोश (Dictionary) हेर्ने र शब्दहरूलाई वर्णानुक्रमिक (Alphabetical Sequence) रूपमा मिलाउने क्षमताको परीक्षण गर्दछ।

यस्ता प्रश्नले तपाईंलाई द्रुत गतिमा ध्यानपूर्वक अक्षरहरू तुलना गर्न र तिनीहरूलाई तार्किक क्रममा व्यवस्थित गर्न मद्दत गर्दछ।

5.2 Chronological Order

कालक्रमिक क्रम (Chronological Order) भन्नाले कुनै पनि तत्वहरू (जस्तै शब्द, घटना, मिति वा चरणहरू) लाई तिनीहरू घटित भएको वा तार्किक रूपमा हुने समयको क्रम अनुसार मिलाएर राख्नु हो। यसको अर्थ सुरुवात (Earliest) बाट अन्त्य (Latest) सम्म क्रमैसँग व्यवस्थापन गर्नु हो।

परीक्षार्थीले दिइएका शब्दहरूलाई तिनीहरू बीचको समय-आधारित सम्बन्ध पत्ता लगाएर क्रमबद्ध गर्नुपर्छ।

मुख्य आधारहरू:

  • जीवन चक्रको क्रम
  • कुनै प्रक्रियाको चरण
  • ऐतिहासिक घटना क्रम
  • तिथि मिति क्रम

पुराना घटनाबाट नयाँ घटनातिर क्रम मिलाउनु।सही कालक्रम पहिचान गर्नु नै यस प्रकारका प्रश्नहरू हल गर्ने मुख्य रणनीति हो।

यसले परीक्षार्थीको तार्किक तथा विश्लेषणात्मक क्षमता (Logical and Analytical Capability) लाई उल्लेख्य रूपमा विकास गर्दछ, किनकि यसमा छरिएका जानकारीहरूलाई अर्थपूर्ण हुने गरि व्यवस्थित गर्नुपर्छ। यस अभ्यासले दैनिक जीवनमा समेत कुनै पनि काम वा योजनालाई चरणबद्ध रूपमा व्यवस्थित गर्ने सीपमा सुधार ल्याउँछ।

5.3 Numerical order

Numerical order (संख्यात्मक क्रम) पनि तर्क (Reasoning) परीक्षामा सोधिने एक सामान्य अवधारणा हो।

यसमा, दिइएका संख्याहरूको समूहलाई कुनै खास क्रमअनुसार व्यवस्थापन गर्नुपर्ने हुन्छ :— मुख्यतया आरोही क्रम (सानोबाट ठूलो) वा अवरोही क्रम (ठूलोबाट सानो)।

यस प्रकारका प्रश्नहरूमा प्रायः तपाईंले संख्याहरूलाई बढ्दो क्रम (Ascending order) अथवा घट्दो क्रम (Descending order) अनुसार क्रमबद्ध गर्ने अथवा क्रमबद्ध गरेपछि उक्त क्रममा कुनै संख्याको स्थान पहिचान गर्नुपर्ने हुन सक्छ।


निर्देशन अनुसरण गर्ने (Follows the instructions)
40m

यस Follows the instructions परीक्षण अन्तर्गत दिइएको लिखित निर्देशनलाई हुबहु अनुसरण गरी समाधान गर्ने किसिमका प्रश्नहरू समावेश हुनेछन ।

6.1 Follows the instructions (Type - I)

यस Follows the instructions परीक्षण अन्तर्गत दिइएको लिखित निर्देशनलाई हुबहु अनुसरण गरी समाधान गर्ने किसिमका प्रश्नहरू समावेश हुनेछन ।

6.2 Follows the instructions (Type - II)

यस Follows the instructions परीक्षण अन्तर्गत दिइएको लिखित निर्देशनलाई हुबहु अनुसरण गरी समाधान गर्ने किसिमका प्रश्नहरू समावेश हुनेछन ।

संख्यात्मक चार्तुयता परीक्षण (Numerical reasoning test)
40m

यस Numerical reasoning test अन्तर्गत सामान्य अंकगणितीय क्रिया सम्बन्धी प्रश्नहरू समावेश हुनेछन । 

7.1 Mathematical Operations

Numerical Reasoning अन्तर्गतको यो Topic ले उम्मेदवारको सामान्य अंकगणितीय गणना गर्ने क्षमता र तर्क (Logic) को परीक्षण गर्दछ। यसमा दिइएका गणितीय चिन्हहरू (Signs) वा संख्याहरूलाई प्रश्नको निर्देशन अनुसार परिवर्तन गरी सही उत्तर निकाल्नुपर्ने हुन्छ। यस्ता प्रश्नहरू हल गर्न BODMAS नियमको पूर्ण ज्ञान हुन अनिवार्य छ।

परीक्षामा मुख्यतया निम्न प्रकारका प्रश्नहरू सोधिने गरिन्छ।

  • चिन्ह प्रतिस्थापन (Substitution of Signs)
  • चिन्ह वा संख्या साटासाट (Interchange of Signs/Numbers)
  • समीकरण सन्तुलन (Balancing the Equation)

यस प्रकारका प्रश्नहरूले विश्लेषण शक्ति, नियमहरू बुझ्ने क्षमता, र छिटो तथा सही निर्णय गर्ने कौशल मापन गर्छन्। 

कोडिङ र भिडान परीक्षण (Coding & Matching test)
2h 20m

यस Coding & Matching test अन्तर्गत शाब्दिक वा संख्यात्मक विवरणको कोडिङ र भिडान सम्वन्धी प्रश्नहरू समावेश हुनेछन।

8.1 Coding-Decoding

प्रतिस्पर्धात्मक परीक्षाहरूको 'बौद्धिक परीक्षण' खण्डमा "Coding-Decoding" एक अत्यन्त महत्त्वपूर्ण Topic हो। 

कोडिङ-डिकोडिङ (Coding-Decoding) भनेको के हो?

Coding-Decoding भनेको सूचना वा सन्देशलाई गोप्य राख्न वा सुरक्षित तरिकाले आदान-प्रदान गर्न प्रयोग गरिने एउटा तार्किक विधि हो

  • कोडिङ (Coding): कुनै अर्थपूर्ण शब्द, अक्षर वा अङ्कलाई निश्चित नियम (Rule) वा ढाँचा (Pattern) प्रयोग गरेर अर्को गोप्य रूपमा परिवर्तन गर्नुलाई 'कोडिङ' भनिन्छ।
  • डिकोडिङ (Decoding): त्यसरी कोड गरिएको (गुप्तीकरण गरिएको) शब्दलाई सोही नियम पत्ता लगाएर पुनः वास्तविक वा अर्थपूर्ण शब्दमा रूपान्तरण गर्नुलाई 'डिकोडिङ' भनिन्छ।

यस प्रकारका प्रश्नहरूद्वारा परीक्षार्थीको तार्किक क्षमता (Logical Ability)ढाँचा पहिचान गर्ने क्षमता (Pattern Recognition) को परीक्षण गरिन्छ।

8.2 Matrix Coding

यसमा सामान्यतया एक वा दुईवटा म्याट्रिक्स (Matrix I र Matrix II) दिइएको हुन्छ। प्रत्येक म्याट्रिक्समा अङ्कहरू र अक्षरहरू हुन्छन्। परीक्षार्थीले दिइएको शब्दको सही कोड विकल्पहरूबाट पत्ता लगाउनुपर्ने हुन्छ।

हल गर्ने नियम (Rule of Decoding)

म्याट्रिक्स कोडिङमा अक्षरलाई अङ्कद्वारा जनाउँदा प्रायः "पहिले Row र त्यसपछि Column" को नियम लागू हुन्छ।

Row (तेर्सो लाइन): बायाँबाट दायाँ।

Column (ठाडो लाइन): माथिबाट तल।

 

1

2

3

4

1

H

B

K

T

2

V

R

S

G

3

P

C

I

B

4

F

N

P

U


उदाहरणको लागि: यहाँ छायाँ पारिएको अक्षर 'S' चाहिं Row 2 र Column 3 मा छ भने, 'S' को कोड 23 हुन्छ। (कहिलेकाहीँ प्रश्नमा पहिले column र पछि row पनि भन्न सक्छ, त्यसैले निर्देशन ध्यान दिएर पढ्नु अति आवश्यक छ।)

कसरी छिटो हल गर्ने? (Tips & Tricks)

विकल्प (Options) बाट जानुहोस्: सिधै शब्दको कोड खोज्नु भन्दा, तल दिइएका ४ वटा विकल्पहरू (A, B, C, D) चेक गर्नु छिटो हुन्छ।

अन्तिम अक्षरबाट सुरु गर्नुहोस्: धेरैजसो अवस्थामा, शब्दको अन्तिम अक्षरको कोड चेक गर्दा २-३ वटा गलत विकल्पहरू तुरुन्तै हट्छन् (Elimination Method)।


विश्लेषणात्मक तार्किकता परीक्षण (Analytical reasoning test)
5h 0m

यस Analytical reasoning test अन्तर्गत शाब्दिक वा संख्यात्मक वा अशाब्दिक (चित्रात्मक) किसिमका विश्लेषणात्मक तार्किकता सम्बन्धी प्रश्नहरू समावेश हुनेछन ।

9.1 Logical Venn-Diagram

यो तार्किक तर्कशक्ति (Logical Reasoning) परीक्षणको एक महत्त्वपूर्ण भाग हो, जहाँ भेनचित्रले तिन वा बढी समुहहरू कसरी सम्बन्धित (Related) छन् भनेर खोज्न अथवा बुझ्न सिकाउछ।

तार्किक भेन रेखाचित्रहरू (Logical Venn Diagrams) भनेका विभिन्न समूहहरू (Groups), वस्तुहरू (Items), वा वर्गहरू (Classes) बीचको सम्बन्धलाई ज्यामितीय आकृतिहरू (विशेष गरी वृत्तहरू) प्रयोग गरी दृश्य रूपमा (Visually) प्रस्तुत गर्ने तरिका हो।

यस्ता प्रश्नले दिइएको शब्दहरू वा अवधारणाहरूको समूहबीचको सही तार्किक सम्बन्ध (Correct Logical Relationship) बुझ्न र छनौट गर्न मद्दत गर्छ।

9.2 Counting Figures

आकृति गणना (Counting Figures) भनेको तार्किक तर्कशक्ति (Logical Reasoning) को एक प्रकार हो जहाँ उम्मेदवारलाई दिइएको जटिल रेखाचित्र वा तस्वीरमा समावेश भएका विभिन्न ज्यामितीय आकृतिहरू (Geometric Shapes) को कुल संख्या पत्ता लगाउन लगाइन्छ।

परीक्षामा प्रायः गणनाका लागि सोधिने मुख्य आकृतिहरू

  • त्रिभुज (Triangles)
  • वर्ग (Squares)
  • आयताकार (Rectangles)
  • सीधा रेखाहरू (Straight Lines)
  • वृत्त (Circles)

यस खण्डको मुख्य उद्देश्य उम्मेदवारको अवलोकन कौशल (Observation Skills) र संरचनात्मक विश्लेषण क्षमता (Structural Analysis Ability) को जाँच गर्नु हो।

9.3 Grouping Figures

Grouping Figures तार्किक तर्कशक्ति (Logical Reasoning) अन्तर्गत सोधिने एक प्रकारको प्रश्न हो, जहाँ धेरै अव्यवस्थित आकृतिहरू दिइएका हुन्छन्।

उम्मेदवारले ती आकृतिहरूलाई तिनीहरूको समानता (Similarities) र साझा विशेषताहरू (Common Characteristics) को आधारमा तार्किक रूपमा समूहहरू (प्रायः तीन) मा विभाजन गर्नुपर्छ।

आकृतिहरूलाई समूहबद्ध गर्नका लागि प्रायः निम्न विशेषताहरूलाई आधार बनाउन सकिन्छ।

  • आकार/संरचना (Shape/Structure)
  • आकृति वा रेखाको स्वरुप र संख्या (Nature and Number of figures or Lines)
  • समरूपता (Symmetry)
  • चित्रण (Containment) ः एक भित्र अर्को, छोएको, काटिएको, आदि।
  • छायाँ (Shading)
  • स्थान/विन्यास (Position/Arrangement)
  • विभाजन (Partition and Partition style)

समाधान विधि:

  • सबै आकृतिहरूलाई ध्यानपूर्वक हेर्ने र तिनीहरूको विशेषताहरू पहिचान गर्ने।
  • कुन-कुन आकृतिहरूमा साझा विशेषता के छ, त्यो पत्ता लगाउने।
  • हरेक समूहमा रहेका आकृतिहरूको विशेषता एकैनासको हुनुपर्छ।

यो परीक्षणले तपाईंको वर्गीकरण कौशल (Classification Skills) र विश्लेषणात्मक क्षमता (Analytical Ability) जाँच गर्छ।

9.4 Dot Situation

बिन्दु अवस्था (Dot Situation) तार्किक तर्कशक्ति (Logical Reasoning) अन्तर्गतको एक प्रकारको प्रश्न हो, जहाँ उम्मेदवारलाई एउटा जटिल समस्या चित्र (Problem Figure) दिइन्छ। यो चित्रमा ज्यामितीय आकृतिहरू (Geometric Shapes) (जस्तै: त्रिभुज, वर्ग, वृत्त, आदि) हुन्छन् र ती आकृतिहरूको विशिष्ट स्थानहरूमा बिन्दुहरू (Dots) राखिएको हुन्छ। उम्मेदवारले बिन्दु वा बिन्दुहरू राखिएको सटीक स्थान (Exact Location) को विश्लेषण गर्नुपर्छ। बिन्दुहरू प्रायः एकभन्दा बढी आकृतिहरूको साझा क्षेत्र (Common Region) मा राखिएका हुन सक्छन।

यो प्रकारको प्रश्नले उम्मेदवारको दृश्य बोध (Visual Perception) र आकृतिको संरचनात्मक ज्ञान (Structural Knowledge of Figures) को जाँच गर्छ।

9.5 Missing Character

Missing Character भनेको तार्किक तर्कशक्ति (Logical Reasoning) परीक्षण अन्तर्गत सोधिने एक प्रकारको प्रश्न हो, जहाँ एक वा एक भन्दा बढि ज्यामितीय आकृतिहरु (Geometric Figure) बाट बनेको मिश्रित आकृति भित्र, संख्याहरू (Numbers) वा अक्षरहरू (Letters) वा दुवैको व्यवस्थित विन्यास (Arrangement) दिइएको हुन्छ, तर त्यसमध्ये कुनै एक स्थानमा प्रश्न चिन्ह (?) राखिएको हुन्छ।

उम्मेदवारले त्यो विन्यासमा लागू भएको तार्किक नियम (Logical Rule) वा ढाँचा (Pattern) पत्ता लगाई प्रश्न चिन्ह (?) भएको स्थानमा आउने सही संख्या वा अक्षर (Missing Character) छनौट गर्नुपर्छ।

दिशा र दुरी ज्ञान परीक्षण (Direction & Distance sense test)
2h 10m

यस Direction & Distance sense test अन्तर्गत दिशा र दुरी पत्ता लगाउने किसिमका प्रश्नहरू समावेश हुनेछन ।

10.1 Distance and Direction Sense Test (Type - I)

यो तार्किक क्षमता परीक्षण (Reasoning Test) अन्तर्गत सोधिने एक महत्त्वपूर्ण खण्ड हो।

यस परीक्षणमा, उम्मेदवारलाई कुनै व्यक्ति वा वस्तुले तोकिएको दिशा (जस्तै: उत्तर, दक्षिण, पूर्व, पश्चिम, आदि) मा घुमेको वा विभिन्न दूरी (जस्तै: मिटर, किलोमिटर) हिँडेको वा यात्रा गरेको आधारमा प्रश्नहरू सोधिन्छन्।

मुख्य उद्देश्य: उम्मेदवारको स्थानको बोध र दिशा ज्ञान जाँच गर्नु।

यस्ता प्रश्नमा प्रायः सुरुको बिन्दुबाट अन्तिम बिन्दुसम्मको सबैभन्दा छोटो दूरी (Shortest Distance) वा अन्तिम दिशा पत्ता लगाउनु पर्ने हुन्छ।

थाहा हुनु पर्ने कुराहरू

  • दिशाहरू (Directions): चार मुख्य दिशाहरू (उत्तर, दक्षिण, पूर्व, पश्चिम) र चार सहायक दिशाहरू (उत्तर-पूर्व, उत्तर-पश्चिम, दक्षिण-पूर्व, दक्षिण-पश्चिम)।
  • घडीको सुई अनुसारको घुमाइ (Clockwise) र विपरीत घुमाइ (Anti-Clockwise) (Turnings): बायाँ (Left) र दायाँ (Right) घुम्ने कुरा।
  • Pythagoras Theorem को आधारभूत ज्ञान
10.2 Distance and Direction Sense Test (Type - II)

यो तार्किक क्षमता परीक्षण (Reasoning Test) अन्तर्गत सोधिने एक महत्त्वपूर्ण खण्ड हो।

यस परीक्षणमा, उम्मेदवारलाई कुनै व्यक्ति वा वस्तुले तोकिएको दिशा (जस्तै: उत्तर, दक्षिण, पूर्व, पश्चिम, आदि) मा घुमेको वा विभिन्न दूरी (जस्तै: मिटर, किलोमिटर) हिँडेको वा यात्रा गरेको आधारमा प्रश्नहरू सोधिन्छन्।

मुख्य उद्देश्य: उम्मेदवारको स्थानको बोध र दिशा ज्ञान जाँच गर्नु।

यस्ता प्रश्नमा प्रायः सुरुको बिन्दुबाट अन्तिम बिन्दुसम्मको सबैभन्दा छोटो दूरी (Shortest Distance) वा अन्तिम दिशा पत्ता लगाउनु पर्ने हुन्छ।

थाहा हुनु पर्ने कुराहरू

  • दिशाहरू (Directions): चार मुख्य दिशाहरू (उत्तर, दक्षिण, पूर्व, पश्चिम) र चार सहायक दिशाहरू (उत्तर-पूर्व, उत्तर-पश्चिम, दक्षिण-पूर्व, दक्षिण-पश्चिम)।
  • घडीको सुई अनुसारको घुमाइ (Clockwise) र विपरीत घुमाइ (Anti-Clockwise) (Turnings): बायाँ (Left) र दायाँ (Right) घुम्ने कुरा।
  • Pythagoras Theorem को आधारभूत ज्ञान